महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी

काठमाडौं— ललितपुरको कुपण्डोलस्थित महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी भएको छ ।
आइतबार बिहान ४ः४७ मा लागेको आगो नेपाल प्रहरीको सक्रियतामा नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर ललितपुरका डीएसपी भुवनेश्वर साहले जानकारी दिए ।
आगलागीको कारण नखुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ७ वटा चारपांग्रे गाडी, ३ वटा मोटरसाइकल र ३ वटा स्कुटर जलेका छन् ।
आगलागीबाट क्षतिको विवरण संकलन भइरहेको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति: सोमबार, चैत २०, २०७९ ०९:१३