News Griha :: न्यूजगृह
काठमाडौंको बागमतीमा चल्यो र्‍याफ्टिङ

काठमाडौं— बागमती नदीमा र्‍याफ्टिङ सञ्चालन गरी ‘बागमती नदी महोत्सव’ आयोजना गरिएको छ ।

नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा)ले शनिबार ‘बागमती नदी महोत्सव’ गरेको हो।

Bagamati1693026866.jpg

काठमाडौंको थापाथलीबाट सुरू भएको जलजात्रा सुन्दरीघाटमा पुगेर टुंगिने छ । बागमती नदीमा सदाबहार र्‍याफटिङ गराएर पर्यटकलाई समेत आकर्षण गराउने उद्देश्यले बागमतीमा जलजात्रा गरिएको हो ।

जलजात्रामा सरकारी निकाय, सञ्चारकर्मी, विद्यार्थी, स्थानीय, अधिकारकर्मी, बागमती सफाई अभियन्तालगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १०:५८
Weather Update