News Griha :: न्यूजगृह
जबरजस्ती करणीका आरोपित नौ वर्षपछि कारागार चलान

सप्तरी— जबरजस्ती करणीको आरोप लागेर फरार रहेका एक जनालाई प्रहरीले नौ वर्षपछि पक्राउ गरी आइतबार कारागार चलान गरेको छ ।

जबरजस्ती करणी मुद्दामा ६ वर्ष कैद फैसला भएको साविक सप्तरी मलेठ गाविस–७ हाल राजविराज नगरपालिका–९ बस्ने अकवर मिया ४२ वर्षीय छोरा जावुल मियालाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिए ।

सोही ठाउँका कौशिला कुमारी रामले दिएको जाहेरीको आधारमा सप्तरी जिल्ला अदालतले २०७० चैत्र २० गते मियालाई ६ वर्ष कैद हुने गरी फैसला गरेपछि उनी फरार रहेका थिए ।

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  ०८:३८
Weather Update