नेपाली समाज वैदेशिक हस्तक्षेपबाट ग्रस्त छ : आहुति

काठमाडौं— वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक विश्वभक्त दुलाल आहुतिले नेपाली समाज वैदेशिक हस्तक्षेपबाट ग्रस्त रहेको टिप्पणी गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित ‘वर्तमान शिक्षा नीति र अबको गन्तव्य’ विषयक अन्र्तक्रिया कार्यक्रममा आहुतिले नेपाली समाज अहिले पनि पूर्ण रुपमा स्वाधीन र सार्वभौमसत्ता सम्पन्न नभएको भन्दै वैदेशिक हस्तक्षेपबाट ग्रस्त रहेको बताए ।
उनले भने,‘नेपाली समाज अहिले पनि पूर्ण रुपमा स्वाधीन सार्वभौसत्ता सम्पन्न छैन । वैदेशिक हस्तक्षेपबाट ग्रस्त छ । यसको विरुद्ध जानसक्ने शिक्षा हुन आवश्यक छ ।’
उनले विद्यालय आउने सबै शिक्षित हुन्छन् र विद्यालय बाहिर रहने अशिक्षित भनेर त्यहिँबाट विवाद सुरु भएर आधुनिक शिक्षा जन्मिभएको बताए ।
प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८० १८:५३