
वीरगन्ज— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय सामाजिक सञ्जालबाट जनयुद्ध र मधेस आन्दोलनलाई बदनाम गर्ने कार्य भइरहेको प्रति दुःख व्यक्त गरेका छन् ।
समाजवादी मोर्चाद्वारा वीरगन्जमा शुक्रबार आयोजित सन्देशसभालाई सम्बोधन गर्दै उनले भने,‘यतिबेला जनयुद्ध र मधेस आन्दोलमा होमिएका पुराना पार्टी र पुराना नेतालाई लक्षित गरी विभिन्न सामाजिक सञ्जालहरुबाट भ्रामक कुरा प्रचारप्रसार भइरहेको छ,खासगरी क्रान्तिकारी नेता र क्रान्तिकारी पार्टीका विरुद्ध ठूलो प्रपञ्च भइरहेको छ ।’
यो बडो दुःखद कुरा हो र यसलाई हामीले गम्भीर रुपमा लिएका प्रधानमन्त्री दाहालको भनाइ छ ।
प्रतिगामी शक्तिका विरुद्ध र जनतालाई समाजवादको यात्राका डोर्याउन समाजवादी मोर्चा बनाएको उल्लेख गर्दै उनले पुराना एजेन्डा र पुरानो विचारले प्रतिगामी शक्तिसँग लड्न नसक्ने भएकाले नयाँ सोच, नयाँ विचार र नयाँ एजेन्डाका साथ अघि बढेको स्पष्ट पाए ।
‘सरकार सुशासन, समाजवाद र समृद्धिको यात्रामा अघि बढेको छ’,प्रधानमन्त्री दाहालले भने,‘सुशासन, समाजवाद र समृद्धिको यात्रामा सरकार अघि बढिसकेको छ,अब यसबाट सरकार पछि हट्दैन ।’