News Griha :: न्यूजगृह
कञ्चनपुरमा बुस्टर डोज खोप लगाउनेको संख्या न्यून

दोधारा चाँदनी— कञ्चनपुरमा कोभिडविरुद्धको बुस्टर डोज खोप लगाउनेको संख्या न्यून छ ।

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले बिहीबारदेखि ‘बुस्टर डोज’ खोप अभियान सुरुआत गरेको थियो । खोप लगाउनेको संख्या न्यून रहेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्ड चेन अधिकृत जनक कुँवरले जानकारी दिए ।

भारतबाट नेपाल फर्किनेमा कोरोना संक्रमण देखिन थालेपछि कोभिडविरुद्धको तेस्रो मात्रा र चौथो मात्राको खोप अभियान सुरु भएको थियो तर खोप अभियानका सहभागिको संख्या न्यून रहेको उनले बताए ।

‘खोप लगाउनेको संख्या धेरै कम छ पहिलो डोज पछि धेरै मानिस खोप लगाउन आएनन’, उनले भने, ‘अहिलेको खोप अभियानमा पनि खोप लगाउन आउनेको  धेरै कम खोप लगाउन सबैलाई आग्रह गर्छौं ।’

अहिले ५५ वर्षमाथिका ज्येष्ठ नागरिक, स्वास्थ्यकर्मी, गर्भवती र रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई बुस्टर डोजका रूपमा खोप दिन थालिएको छ  ।

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  ०७:३०
Weather Update