News Griha :: न्यूजगृह
साउन शुक्ल नवमी तिथिमा तपाईंको राशिफल हेर्नुस्

भदौ ८ गते शुक्रबार । साउन शुक्ल नवमी । पञ्चाङ्ग वैधृति बालव अनुराधा । राशिहरू यस्ता छन् :

मेष

घरायसी समस्या बढ्नेछ । अरूको विश्वास घट्नेछ । पढाई लेखाइमा प्रगति हुनेछ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ । वैदेशिक यात्रा हुनसक्छ।

वृष

व्यावसायिक अल्झन देखा पर्ला । कार्यमा उत्साह बढ्नेछ । प्राविधिक क्षेत्र सबल बन्नेछ । कला क्षेत्रमा सुधार आउनेछ ।

मिथुन

रोकिएका अधुरा कामहरु पूरा हुनेछन् । साहित्यिक क्षेत्रमा प्रगति हुनेछ । अनावश्यक चिन्ता बढ्नेछ। मनग्य आम्दानी हुनेछ ।

कर्कट

सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् । रोकिएको काम बन्नाले उत्साह जाग्नेछ । लगनशीलताले अप्ठ्यारा समस्या सुल्झाउँदै सामाजिक प्रतिष्ठा दिलाउनेछ ।

सिंह

आँटेका काम बन्नाले जोश जाँगर बढ्नेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न सकिनेछ ।

कन्या

प्रतिभा प्रदर्शन गरेरै धेरैलाई अचम्मित पार्न सकिनेछ । व्यापार व्यवसायबाट प्रसस्त लाभ मिल्नेछ भने रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्छ ।

तुला

रोकिएका अधुरा कामहरु पूरा हुनेछन् भने नयाँ काम शुरु गर्ने योग रहेको छ । शैक्षिक लगानी बढ्नेछ । मनग्य धन आर्जन हुनेछ ।

वृश्चिक

घरायसी काममा रुची बढ्नेछ । अरूको विश्वास सजिलै जित्न सकिनेछ । मन प्रसन्न रहनेछ । अध्ययन अध्यापनमा आंशिक सुधार आउनेछ ।

धनु

धार्मिक कार्यमा रुचि बढ्नेछ । सिर्जनात्मक कार्य हुनेछन्। मानसिक चिन्तन एवम् पराक्रम बढ्नेछ । परोपकारी काममा समय बित्नेछ ।

मकर

आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । टाढिएका साथीभाइ नजिकिनाले सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । काममा विभिन्न अवसर पाइने छ ।

कुम्भ

फाइदा हुने काम प्राप्त हुन सक्छ । पारिवारिक भेटघाटले मन प्रफुल्लित हुनेछ । आँट गर्दा जटिल काम समेत सफल हुन सक्छ ।

मीन

अध्ययन अध्यापनमा प्रगति हुनेछ । प्रयत्न गर्दा विदेशयात्राको अवसर जुट्न सक्छ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  ०५:५६
Weather Update