नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गयो : नेता कोइराला

जनकपुरधाम— नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गएको बताएका छन् ।
बिहीबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले सुन तस्करी, ललिता निवास प्रकरण, नक्कली भुटानी शरणार्थीलगायतका घटनाले नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गएको प्रमाण दिने बताए ।
नेपालमा एकपछि अर्को अपराधको घटना आउन थालेको र अपराधको घटनामा विदेशी नागरिक समेत देखिनुले अन्तर्राष्ट्रिय तस्करहरुको अखडा बन्दै गएको आफूले बुझेको कोइरालाले बताए ।
नेता कोइरालाले राजनीतिक रुपमा अग्रसरता लिएर अघि बढ्ने काम कांग्रेस बाहेक अरुले गर्न नसक्ने दाबी गरे ।
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८० २१:४६