पार्टीको झन्डा, ब्यानर र पोसाकबिना कार्यक्रममा आउन रविको निम्तो

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको झन्डा, ब्यानर र पोसाकबिना सार्वजनिक सुनवाइ कार्यक्रममा आउन आग्रह गरेका छन् ।
सभापति लामिछानेले आइतबार (भदौ १० गते) चितवनमा हुन लागेको प्रथम सार्वजनिक सुनवाइ कार्यक्रममा पार्टीको झन्डा, ब्यानर र पोसाकबिना आउन आग्रह गरेका हुन् ।
बिहीबार उनले भने,‘हामीले उद्घोष गरेअनुसार यही भाद्र १० गते चितवनमा प्रथम सार्वजनिक सुनवाइ हुन गइरहेको छ । कार्यक्रम जनसरोकारको विषयमा गरिएको र यसमा राज्य र समाजका सबै सरोकारवाला पक्षहरूको प्रतिनिधित्व हुने भएकोले कार्यक्रममा पार्टीको झन्डा, ब्यानर, लोगो वा पोसाक नलगाइदिनु हुन अनुरोध छ ।’
उनले चितवनवासीलाई आफ्ना समस्या, गुनासो र सुझावहरू लिएर आइदिन पनि अनुरोध गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८० १९:१५