बारा बस दुर्घटना : मृतक सबैको सनाखत, यी हुन् मृतकहरू

काठमाडौं— बाराको जीतपुरसिमरा उपमहानगर–२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा मृत्यु भएका सबैको सनाखत भएको छ ।
दुर्घटनामा मृत्यु हुने ६ जना भारतीय नागरिकहरू र एक जना नेपाली रहेका छन् । घटनामा महोत्तरीको लोहारपटी–५ का ४१ वर्षीय विजय लाल पण्डित रहेका छन् ।
यस्तै, भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६० वर्षीया सत्यवती, ७० वर्षीय राजेन्द्र चतुरबेदी, ६५ वर्षीया श्रीकान्त चतुरबेदी, ६७ वर्षीया बैजन्ती देवी, ६५ वर्षीया मिरा देवी रहेका छन् ।
काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेश प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस बुधबार राति १ बजे दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका १७ जनाको हेटौँडाका अस्पतालहरूमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८० १०:००