बारामा बस दुर्घटना अपडेट : १९ जना घाइते, उपचार जारी

काठमाडौं— बाराको चुरियामाई अगाडि भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख तथा एसपी होबिन्द्र बोगटीले बस दुर्घटनामा १९ जना घाइते भएको जानकारी दिए ।
बोगटीका अनुसार उनीहरूको हेटौंडाको चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।
बारामा तीर्थयात्री चढेको बस दुर्घटना, ६ को मृत्यु
बारामा बस दुर्घटना अपडेट : ७ को मृत्यु, चालक र सहचालक प्रहरी नियन्त्रणमा
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८० ०८:४८













