बारामा बस दुर्घटना अपडेट : ७ को मृत्यु, चालक र सहचालक प्रहरी नियन्त्रणमा

बारा— बाराको चुरियामाई अगाडि भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख तथा एसपी होबिन्द्र बोगटीले न्यूजगृहलाई दिएको जानकारी अनुसार मृत्यु हुनेको सनाखत हुन सकेको छैन ।
काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस बिहीबार बिहान चुरियामाई अगाडि दुर्घटना भएको हो । बसमा सवार २६ जनामध्ये ७ जनाको मृत्यु भएको छ ।
बस दुर्घटनापछि फरार रहेका चालक र सहचालकलाई धनुषाबाट नियन्त्रणमा लिइएको बाेगटीले बताए । घाइते यात्रुको मकवानपुरको हेटौँडास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८० ०८:३५













