News Griha :: न्यूजगृह
झापामा करेन्ट लागेर श्रीमानकाे मृत्यु, श्रीमती घाइते

झापा— अर्जुनधारा नगरपालिका–९ निवासी एक युवाको बुधबार दिउँसो करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बस्तुलाई कुटी काट्ने मेसिनबाट अचानक श्रीमती २२ वर्षीया ममता रेग्मीलाई करेन्ट लागेपछि बचाउन खोज्दा २४ वर्षीय अमृत रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले बताए ।

उनका अनुसार ममतालाई करेन्ट लागेपछि बचाउन खोज्दा उनलाई पनि करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका दुवैलाई उपचारका लागि शनिश्चरेस्थित शंकर अस्पताल लैजाँदै गर्दा अमृतको बाटैमा मृत्यु भएको उनको भनाइ छ ।

ममताको अवस्था मध्यम रहेको र हाल बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । अमृतको शवलाई कानुनी प्रक्रिया पूरा गरीे शव परीक्षणका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।

इलाम नगरपालिका–२ स्थायी घर भएका रेग्मी परिवार केही समयदेखि अस्थायीरूपमा अर्जुनधारा–९ कटहरडाँडामा बसोबास गर्दै आएका थिए ।

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  २२:१३
Weather Update