News Griha :: न्यूजगृह
चौतर्फी दबाबपछि ईसीडी शिक्षकलाई हटाउने निर्णय सच्चियो

काठमाडौं— चितवनको राप्ती नगरपालिका आफ्नो निर्णयबाट पछि हटेको  छ ।

नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बाल विकास सहजकर्ता (ईसीडी शिक्षक) लाई शैक्षिक योग्यताको कारण देखाउँदै विद्यालयबाट हटाउन पत्राचार गरेको थियो ।

सोसम्बन्धी समाचार न्यूजगृहले लेखेपछि नेपाल बाल विकास शिक्षक केन्द्रीय समितिले विज्ञप्ति जारी गर्दै खेद जनाएको थियो ।

देशभरका बाल शिक्षक र सामाजिक सञ्जालबाट नगरपालिकाको सो निर्णयको विरोध भएपछि नगरपालिका पछि हटेको हो ।

नगरपालिकाले बुधबार विद्यालयहरूलाई पत्र पठाउँदै बिहीबार (भदौ ७ गते) देखि ११ बाल शिक्षकलाई हाजिरी गराउन निर्देशन दिएको छ । 


  

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १७:०६
Weather Update