
काठमाडौं— चितवनको राप्ती नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) को नियमअनुसार शैक्षिक योग्यता नपुगेको भन्दै सेवाबाट हटाउने निर्णय गर्दै सो निर्णय कार्यान्वयन गराउन विद्यालयहरूलाई पत्राचार गरेको छ ।
गत साउन ३१ गते बुधबार नगरपालिकाले विद्यालयहरूलाई पत्र पठाउँदै भदौ १ गतेबाट सो निर्णय कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।
‘राष्ट्रिय न्यूनतम मापदण्ड मार्गदर्शक पुस्तिका–२०६७ (प्रथम संशोधन २०७५) र नगर शिक्षा समितिको मिति २०८०/४/२२ को निर्णयअनुसार बालविकास सहजकर्ताको शैक्षिक योग्यता प्रविणता (कक्षा १२) तह उत्तीर्ण हुनुपर्नेमा हाललाई एसएलसी/एसईई योग्यता नभएका कारण २०८०/५/१ गतेदेखि लागु हुने गरी हटाउने निर्णय भएकाले सम्बन्धित सबैमा जानकारी गराई निर्णय कार्यान्वयन गराउनु हुन अनुरोध छ,’ नगरपालिकाद्वारा विद्यालयलाई पठाइएको पत्रमा भनिएको छ ।
नगरपालिकाले एसईईसम्मको शैक्षिक योग्यता भएका ईसीडी शिक्षकहरूलाई कक्षा १२ सम्मको पुर्याउन अनुरोध गरेको छ ।
पत्रका विद्यालयको नाम, शिक्षकको नाम, शिक्षककाे हालको शैक्षिक योग्यता उल्लेख गरिएको छ ।














