News Griha :: न्यूजगृह
चितवनमा ईसीडी शिक्षक हटाउने निर्णयप्रति केन्द्रीय समितिको खेद 

काठमाडौं— चितवनको राप्ती नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक)  हटाउने निर्णयको नेपाल बालविकास शिक्षक संघर्ष केन्द्रीय समितिले खेद प्रकट गरेको छ ।

नियमअनुसार शैक्षिक योग्यता नपुगेको भन्दै नगरपालिकाले शिक्षकलाई सेवाबाट हटाउने निर्णय गर्दै सो निर्णय कार्यान्वयन गराउन विद्यालयहरूलाई पत्राचार गरिसकेको छ । उक्त समाचार आइतबार विहान न्यूजगृहमा प्रकाशित भएपछि केन्द्रीय समितिले खेद जनाउँदै विज्ञप्ति जारी गरेको हो ।

केन्द्रीय समितिले नगरपालिकाको निर्णयले बालविकास शिक्षकलाई अन्याय भएको जनाउँदै आपत्तिसमेत जनाएको छ ।

राज्यले सुरुआती चरणमा योग्य ठानी नियुक्ति गरेको र वर्षौंसम्म विद्यालयमा श्रम गर्दा पनि मानव अधिकारको समेत ख्याल नगरी हटाउनु दुःखद् भएको अध्यक्ष कृष्ण कुमारी थापा मगर र महासचिव निर्मला गिरीले विज्ञप्तिमा जनाएका छन् ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १८:३६
Weather Update