अपहरण गरी शरीर बन्धक बनाइ कुटपिट गर्ने ७ पक्राउ

काठमाडौं— दाङमा अपहरण गरी शरीर बन्धक बनाइ कुटपिट गरेको अभियोगमा ७ जना पक्राउ परेका छन् ।
घोराही उपमहानगरपालिका—१३ बस्ने ४१ वर्षीय पुरुषलाई अपहरण गरी शरीर बन्धक बनाइ कुटपिट गरेको अभियोगमा ७ जनालाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा सूचना अधिकृत राजन कुमार गौतमले जानकारी दिए ।
पक्राउ पर्नेहरूमा घोराही उपमहानगरपालिका—१९ का २४ वर्षीय हीरा सुनार, २३ वर्षका जीवन सुनार, ३४ वर्षीय खिमबहादुर घर्ती, २० वर्षीय मनोज घर्तीमगर, ३२ वर्षीय दीपक सुनारसहित ७ जना रहेका छन् ।
उनीहरूविरुद्ध ‘अपहरण शरीर बन्धक तथा ज्यान मार्ने उद्योग’ सम्बन्धी कसुरमा जाहेरी लिई दाङ जिल्ला अदालतबाट ५ दिन म्याद लिई थप अनुसन्धान भइरहेको प्रवक्ता गौतमले बताए ।
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८० २०:५६