संघीय मामिला मन्त्रालयले स्थानीय तहलाई पठायो यस्तो पत्र

काठमाडौं— संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई स्थानीय तहको अंग्रेजी नामको हिज्जेमा एकरुपता कायम गर्न पत्राचार गरेको छ । मन्त्रालयले भदौ १ गते सोसम्बन्धी पत्राचार गरेको हो ।
मन्त्रालयको संघीय मामिला शाखाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राहदानी विभाग र गृह मन्त्रालयको सहकार्यमा अंग्रेजी नामको विवरण तयार पारी नेपाल सरकारको राजपत्र प्रकाशन गर्ने अगाडि बढाइएको बताएको छ ।
सोका लागि स्थानीय तहको अंग्रेजी नामको हिज्जे फरक पर्न गएमा ३ दिनभित्र मन्त्रालयको इमेल ठेगानामा प्रमाणित गरी पठाउन उक्त शाखाले अनुरोध गरेको छ ।
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८० २०:१८