News Griha :: न्यूजगृह
जसले ‘कुक आइसल्याण्ड पठाइदिन्छु’ भनेर रकम ठगी गरे

काठमाडौं— ‘कुक आइसल्याण्ड पठाइदिन्छु’ भनेर रकम ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका—६ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका—६ सरस्वतीनगर बस्ने ३७ वर्षीय प्रकाश बोहरा पक्राउ परेका हुन् ।

उनी २ जनालाई वैदेशिक रोजगारीको लागि कुक आइसल्याण्ड पठाइदिन्छु भनेर ४ लाख रुपैयाँ ठगी गरी सम्पर्कविहीन भएका थिए । 

प्रकाशलाई काठमाडौंकाे मिनभवनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धानको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ । 

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १९:०४
Weather Update