News Griha :: न्यूजगृह
नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा एमबीबीएस अध्ययनरत एक विद्यार्थी पक्राउ

चितवन— शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा एमबीबीएस अध्ययनरत एक जना विद्यार्थी पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई चितवनबाट बिहीबार राति पक्राउ गरेको हो ।

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले चितवन मेडिकल कलेजमा एमबीबीएस अन्तिम सेमेस्टरमा अध्ययनरत सप्तरीको राजविराज–७ का नसिम अख्तरलाई नक्कली प्रमाणपत्र बनाएर अध्ययन गरेको आरोपमा पक्राउ गरिएको जानकारी दिए ।

उनीमाथि आईएससी उत्तीर्ण भएको सर्टिफिकेट नक्कली बनाएको आरोप छ । अख्तर वि.सं.२०७२ सालमा एमबीबीएस भर्ना भएका थिए ।

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  २१:०३
Weather Update