News Griha :: न्यूजगृह
प्रमुख निर्वाचन आयुक्त थपलिया भन्छन्— निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागितामा हुनुपर्छ
फाइल तस्बिर

काठमाडौं— निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा महिलाको सहभागिता प्रतिशतमा मात्र नभई अर्थपूर्ण हुनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय महिला आयोगद्वारा आयोजित ‘नेपालमा महिलाको अवस्था’ विषयक पुस्तक विमोचन समारोहमा उनले तथ्यांक विश्लेषण गरेर मात्र महिलाको सहभागिता निर्क्योल गर्न नहुने बताउँदै अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिए ।

‘महिलाको सहभागिता तथ्यांकमा मात्र सीमित गर्नुहुँदै । कूल जनसङ्ख्यामा आधाभन्दा बढी रहेका महिलाको निर्वाचन प्रक्रियामा सहभागिता कम छ । नागरिकता प्राप्ति, मतदाता पत्र, मतदान संख्या, क्षमता विकासलगायतका विषयले महिलाको अर्थपूर्ण सहभागितालाई प्रभाव पार्दछ,’ उनले भने ।

उनले निर्वाचनमा महिलाको सहभागितालाई पुस्तकले थप विश्लेषण गरेको बताउँदै निर्वाचनसम्बन्धी आधिकारिक तथ्य आयोगसँग लिन आग्रहसमेत गरे ।

निर्वाचनमा महिलाको सहभागिता अभिवृद्धि गर्न पहल गरिरहेको र थप मजबुत बनाउन महिला आयोगसँग सहकार्य र समन्वय गरी अघि बढ्न निर्वाचन आयोग तयार रहेको उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १९:४६
Weather Update