मादक पदार्थ खाएर बुहारीलाई कुटेको आरोपमा ससुरा पक्राउ

काठमाडौं— बर्दियाको बारबर्दिया नगरपालिका-११ विजयनगरमा बुहारीलाई कुटपिट गरेको आरोपमा ससुरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५३ वर्षीय भरथरी चौधरी रहेका छन् ।
मादक पदार्थ सेवन गरी २५ वर्षीय बुहारी प्रमिला चौधरीलाई कुटपिट गरेको जानकारी प्राप्त भएसँगै प्रहरी चौकी कर्तनियाघाटबाट खटिएको प्रहरी टोलीले भरथरीलाई पक्राउ गरेको हो ।
उनीविरुद्ध नैतिकताको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८० १६:१९