भ्रष्टाचारको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दायर

काठमाडौं— कपिलवस्तुको बिजयनगर गाउँपालिका-४ का वडाध्यक्ष लितकराम कंडेलविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ ।
उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख १० हजार रुपैयाँ भ्रष्टाचार गरेको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार उनले पालिकाको खातामा जम्मा गर्नु पर्ने रकम हिनामिना गरेका हुन् । उनीविरुद्ध भ्रष्टाचार गरेको रकम बराबर बिगो दाबी र कैद सजायको माग गर्दै मुद्दा दायर भएको हो ।
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८० १६:०५