News Griha :: न्यूजगृह
निजामती सेवासम्बन्धी विधेयक संसदमा पेस

सुर्खेत— कर्णाली प्रदेशको निजामती सेवासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संसदमा पेस भएको छ ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले शुक्रबार बसेको प्रदेश सभा बैठकमा विधेयक पेस गरेका हुन् ।

प्रदेशको निजामती सेवालाई सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी बनाउन निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा कानुनी व्यवस्था गर्न आवश्यक रहेको मन्त्री जिसीले बताए ।

‘कर्णाली प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ नामकरण गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  ०६:५६
Weather Update