News Griha :: न्यूजगृह
नेपालीको चेत खुले राजतन्त्र फर्किन सक्छ : वरिष्ठ संस्कृतिविद् गुरुङ

काठमाडौं— वरिष्ठ संस्कृतिविद् जगमान गुरुङले राजाले वुद्धि पुर्‍याउन सके र नेपालीको चेत खुले नेपालमा राजतन्त्र फर्किन सक्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित थाइल्याण्डमा नेपालको इतिहास लोकर्पण समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले नेपाल र थाइल्याण्डबीच सबैकुरा समान भएको तर राजसंस्था नेपालमा नभएको बताए । उनले भने,‘बौद्ध धर्म, भगवान् शाक्यमुनि, राम सीता, रामायाण संस्कृति नेपालको पनि त्यही हो र थाइल्याण्डको पनि त्यही हो । थाइल्याण्डमा राजतन्त्र छ, नेपालमा राजतन्त्र छैन फरक त्यत्ति हो । तर राजाले वुद्धि पुर्‍याउन सक्यो भने, हु इज हु भन्ने मान्छे चिन्न सक्यो भने नेपालीको पनि चेत खुल्यो भने नेपालमा फेरि पनि राजतन्त्र फर्किन सक्छ ।’

कार्यक्रममा बोल्दै वरिष्ठ अभिनेत्री मिथिला शर्माले गीत, संगीत र भाषाको माध्यमबाट एकअर्कालाई जोडेर संसारभरका नेपालीको एउटा माला बन्नुपर्ने बताइन् ।

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  २०:२५
Weather Update