News Griha :: न्यूजगृह
मकवानपुरमा खोलाले बगाएर एककाे मृत्यु
प्रतिनिधिमूलक तस्बिर

मकवानपुर— मकवानपुरको राक्सिराङमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ ।

राप्ती नगरपालिका–१२ दुङथली बस्ने ४८ वर्षीय धनकाजी प्रजाको मृत्यु भएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए ।

राक्सिराङ–७ काँकडा र चितवनको राप्ती नगरपालिकाको सिमाना हुँदै बग्ने स्थानीय रेउतीखोलामा प्रजाको शव भेटिएको हो ।

खोला तर्दा प्रजालाई बगाएको अनुमान गरिएको राक्सिराङ–७ का वडा अध्यक्ष रामबहादुर प्रजाले बताए ।

‘मेरो भिनाजु नाता पर्नुहुन्छ, मंगलबार साँझ उहाँ काँकडामा हुने दिदी र बहिनीको घर जान्छु भनी खाजा खाने होटलबाट निस्कनुभएको थियो’, वडा अध्यक्ष प्रजाले भने ।

बुधबार बिहान रेउती खोलामा स्थानीयवासीले शव भेटेपछि प्रहरीमा खबर गरिएको वडा अध्यक्ष प्रजाले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १९:५३
Weather Update