News Griha :: न्यूजगृह
सशस्त्रका १२ उपरीक्षकलाई वरिष्ठ उपरीक्षकमा बढुवा गर्न सिफारिस

काठमाडौं— सशस्त्र प्रहरीका १२ जना उपरीक्षकलाई वरिष्ठ उपरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ ।

बिहीबार बसेको बढुवा समितिले रिक्त रहेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा १२ उपरीक्षकको बढुवा गरेको हो । 

बढुवा सिफारिसमा चित्त नबुझ्ने उपरीक्षकले ७ दिनभित्र उजुरी दिन सक्ने सशस्त्र प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १८:५२
Weather Update