News Griha :: न्यूजगृह
कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ

धनगढी— कञ्चनपुरबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको टोलीले शुक्लाफाँटा नगरपालिका–१० बस्ने १८ प्रविन भन्ने ओम प्रकाश ओली र वडा नम्बर ११ बस्ने १७ वर्षीय राजु बोहोरालाई शंकाका आधारमा जाँच गर्ने क्रममा लागूऔषधसहित पक्राउ गरिएको हो ।

उनीहरूको साथबाट ० दशमलव ५४० ग्राम लागुऔषध खैरो हिरोईन बरामद गरिएको छ । दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  ०६:०९
Weather Update