News Griha :: न्यूजगृह
जंगली च्याउ खाँदा दाङमा एकको मृत्यु

घोराही— दाङमा जंगली  च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिकामा जंगली च्याउ खाएर बिरामी परेकामध्ये एक जनाको मृत्यु भएको हो ।

जंगली च्याउ खाएर बिरामी परेकी बंगलाचुली गाउँपालिका–४ निवासी ११ वर्षकी अस्मिता सुनारको मृत्यु भएको वडा अध्यक्ष डासबहादुर डाँगीले जानकारी दिए ।

डाँगीका अनुसार अस्मितालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारपछि मंगलबार साँझ थप उपचारका लागि बुटवल लगिएकोमा बुटवलमा मृत्यु भएको हो ।

मृतक अस्मिताको आमा २७ वर्षीया ईश्वरी सुनारको पनि अवस्था गम्भीर रहेको छ । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा आईसीयूमा राखेर उपचार भइरहेको छ । 

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  २१:५६
Weather Update