News Griha :: न्यूजगृह
उत्कृष्ट कार्यसम्पादनका लागि प्रहरी थप सक्रिय हुनुपर्छ : प्रहरी महानिरीक्षक

काठमाडौं— प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले उत्कृष्ट कार्यसम्पादनका लागि प्रहरी थप सक्रिय हुनुपर्ने बताएका छन् ।

सरुवा भई आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी अधिकृतलाई बुधबार प्रहरी प्रधान कार्यालयमा सम्बोधन गर्दै उनले आफ्नो जिम्मेवारीमा खरोरूपमा प्रस्तुत भई उत्कृष्ट कार्यसम्पादन गर्न आग्रह गरे ।

प्रहरी महानिरीक्षक कुँवरले संगठनलाई सुधार्न, थप सुदृढ एवम् बलियो बनाउन तथा श्रीवृद्धि गर्नका लागि सबैको साथ सहयोग आवश्यक रहेको बताए ।

‘व्यावसायिक स्वार्थलाई आत्मसात् गरी निष्ठावान, इमान्दार एवम् सिर्जनशील भई कार्यसम्पादनको गुणस्तर राम्रो बनाउन आफ्नो अनुभवलाई प्रयोग गर्दै सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्छ’,उनले भने ।

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  २१:२८
Weather Update