News Griha :: न्यूजगृह
बोर्डिङ स्कुलका शिक्षक लागूऔषधसहित पक्राउ

सर्लाही— लागूऔषधसहित शिक्षक पक्राउ परेका छन् । ईश्वरपुर नगरपालिका—१५ मा रहेको राजदेवी बोर्डिङ स्कुलका शिक्षक राजा हुसेन विद्यालय परिसर भित्रबाटै लागूऔषधसहित पक्राउ परेका हुन् ।

सोही विद्यालयमा कार्यरत अर्का शिक्षकसँग झैझगडा तथा विवाद गर्न थालेपछि तत्कालै पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले उनको शरीरमा तलासी लिँदा नाइट्राभेट—१२ ट्याब्लेट र लागूऔषध गाँजा फेला परेको थियो । 

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  २०:२८
Weather Update