स्रोत नखुलेको रकमसहित दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं— नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले स्रोत नखुलेको रकमसहित दुई जना चिनियाँ नागरिकलाई मंगलबार पक्राउ गरेको छ ।
चिनियाँ नागरिक गाओ हुई र ताङ जिङसँग ३० लाख स्रोत नखुलेको रकम फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।
उनले भने,‘स्रोत नखुलेको रकम फेला परेपछि दुई जनालाई नियन्त्रणमा लिइएको हो, मंगलबार विविध कारणले उनीहरूलाई राजस्व अनुसन्धान विभागमा बुझाउन सकिएन, बुधबार बुझाइने छ ।’
प्रकाशित मिति: बुधबार, साउन ३१, २०८० ०६:२५