News Griha :: न्यूजगृह
सडकका खाल्डाखुल्डी पुर्न मन्त्री ज्वालाको निर्देशन

काठमाडौं— भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सडकका खाल्डाखुल्डी पुर्न निर्देशन दिएका छन् ।

संघीय सरकारको मातहतमा रहेका सडकका खाल्डाखुल्डी पुर्न मंगलबार मन्त्री ज्वालाले निर्देशन दिएका हुन् ।

उनले मंगलबार चक्रपथ, बुढानीलकण्ठ सडक अवलोकन गर्दै खाल्डाखुल्डीरहीत काठमाडौं बनाउने प्रतिबद्धता जनाए ।

उनले भने, ‘दैनिक लाखौं मानिस हिँड्ने बाटो खाल्डाखुल्डी हुँदा निकै सास्ती भयो, अब यो अवस्था हामी छिट्टै अन्त्य गर्छौं । मैले मातहतका निकायलाई खाल्डाखुल्डी पुर्न निर्देशन पनि दिएको छु ।’

खानेपानी, नेपाल विद्युत् प्राधिकरण र वर्षातले काठमाडौंका सडकमा धेरै खाल्डाखुल्डी देखिन थालेका छन् । 

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  २०:१२
Weather Update