झापामा हावाहुरीसहित असिना, मकैबालीमा बढी क्षति

झापा— झापामा हावाहुरीसहित आएको वर्षा र असिनाले अन्न तथा तरकारी बालीमा क्षति पुर्याएको छ ।
शुक्रबार राति हावाहुरीसहित आएको वर्षा र असिनाले मकै, खरबुजा र तरकारी बालीमा क्षति पुर्याएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए ।
‘हावाहुरीसहित वर्षा र असिना परेपछि कृषकले क्षतिबारे जानकारी गराइरहनुभएको छ’, उनले भने,‘स्थलगत अनुगमन गरेर क्षतिको यकिन विवरण निकाल्छौँ ।’
झापाको कनकाईमा सबैभन्दा बढी क्षति भएको कृषकबाट जानकारी आएको उनले बताए ।
कनकाई नगरपालिकाको कृषि शाखासँग समन्वय गरेर अनुगमन भइरहेकाले बेलुकासम्म क्षतिको विवरण आउने उनले बताए ।
प्रकाशित मिति: शनिबार, चैत १८, २०७९ १८:५४