आमाको हत्या आरोपमा ३३ वर्षीय युवक पक्राउ

ताप्लेजुङ— आमाको हत्या आरोपमा छोरा पक्राउ परेका छन् । आमा ६३ वर्षीया धनमाया लिम्बुको हत्या अरोपमा छोरा ३३ वर्षीय दिल्ली कुमार पक्राउ परेका हुन् ।
ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ फाकुम्बा बस्ने दिल्ली कुमारलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो ।
मानसिक अवस्थामा ठिक नभएको बताइएका उनले आफ्नै आमाको हत्या गरेको खबर पाएसँगै प्रहरी चौकी सांघुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अुनसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८० १०:५६