बझाङको खप्तडछान्ना सञ्चार सम्पर्कविहीन बिहीबार, कात्तिक १, २०८१

समस्याग्रस्त सहकारीका ऋणीले ७ दिनभित्र ऋण तिर्नै पर्ने बिहीबार, कात्तिक १, २०८१ समस्याग्रस्त घोषणा भएका १८ सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ७ दिनको ‘अल्टिमेटम’ दिएको छ ।

तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा बिहीबार, कात्तिक १, २०८१ बैठकमा कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्यायाधिवक्ता रमेश बडाल सहभागी छन्।

भारतबाट आयात भएको न्यून गुणस्तरको ८५ हजार किलो चामल उतै फिर्ता बिहीबार, कात्तिक १, २०८१ भारतबाट आयात गरिएको ८५ हजार किलो चामल गुणस्तरहीन पाइएपछि भन्सार नाकाबाटै फिर्ता पठाइएको छ । नेपालगन्जका व्यापारीले व्यावसायिक प्रयोजनका लागि भारतबाट मगाएको ८५ हजार किलो चामल मापदण्डअनुसार नभएकाले उतै फिर्ता पठाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

प्रधानमन्त्री ओलीविरुद्ध युवराज सफलले दिए अख्तियारमा उजुरी बिहीबार, कात्तिक १, २०८१ सिन्धुलीका युवराज पौडेल (सफल)ले आज आयोगमा उजुरी दर्ता गराएका हुन् । उजुरीमा भ्रष्टाचार निवारण ऐन २०५९ द्वारा आवश्यक अनुसन्धान गरी हदैसम्म कारबाही माग गरिएको छ ।

यस वर्ष पनि राजस्व सङ्कलन निराशाजनक, खर्चले उछिन्यो आम्दानी बिहीबार, कात्तिक १, २०८१ महालेखा नियन्त्रक कार्यालयका अनुसार असोज मसान्तसम्म २ खर्ब ४८ अर्ब २६ करोड रुपैयाँ मात्र राजस्व उठेको छ । यो लक्ष्यको १७.४९ प्रतिशत हो । यस वर्ष सरकारले १४ खर्ब १९ अर्ब रुपैयाँ बराबर राजस्व संकलनको लक्ष्य राखेको छ ।

वीरगञ्जबाट मोटरसाइकल आयात ७६ प्रतिशतले बढ्यो बिहीबार, कात्तिक १, २०८१ वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा ७६ दशमलब ८६ प्रतिशतले मोटरसाइकलको आयात बढेको छ ।वीरगञ्ज भन्सार कार्यालयका अनुसार आव २०८०र ८१ को भदौ महिनासम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा सात हजार एक सय २० वटा मोटरसाइकल आयात भएका हुन् ।

माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एअरको इन्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण बिहीबार, कात्तिक १, २०८१ बिहीबार बिहान माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एअरको जहाज त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरेको छ।इन्जिनमा समस्या देखिएपछि विमानलाई आकस्मिक अवतरण गरिएको बुद्ध एअरले जनाएको छ।

गौशाला धर्मशाला विवादमा पर्यटनमन्त्रीको हस्तक्षेप बिहीबार, कात्तिक १, २०८१ पशुपति क्षेत्र विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री पाण्डेले बुधबार ‘शान्ति सुरक्षामा समस्या उत्पन्न भएको’ भन्दै कोषलाई गरेको पत्राचारमा पशुपति गौशाला धर्मशाला खाली गराउने काम रोक्न निर्देशन दिएका हुन् ।

एक लाख ८८ हजारसहित ६ जना जुवाडे पोखराबाट पक्राउ बिहीबार, कात्तिक १, २०८१ सूचनाका आधारमा पुगेको प्रहरीले होटेल स्यान्डी ब्लूमको एउटा कोठामा तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रशासन कार्यालय कास्कीबाट जुवा सम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरेर उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

५ रुसी आरोहीको शव धौलागिरिबाट काठमाडौं ल्याइयो बिहीबार, कात्तिक १, २०८१ धौलागिरि प्रथम आरोहणका क्रममा मृत्यु भएका ५ रुसी आरोहीको शव काठमाडौंमा ल्याइएको छ । आरोहीहरू अलेक्जान्डर डसीको, ओलेग क्रुग्लोभ, भ्लादिमिर किस्टिकोभ, मिखाइल नोसेन्को र दिमित्री स्पिलेभोईको शव बुधबार हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो ।

सिधा कुरालाई फेक अडिओ दिने तिमल्सिनाले धम्काएपछि सर्वोच्चका सहप्रवक्ताले मागे सुरक्षा बिहीबार, कात्तिक १, २०८१ दालतको अवहेलनामा दोषी ठहर भएका राजकुमार तिमल्सिनाले लगातार अज्ञात नम्बरबाट फोन गरेर धम्की दिएको भन्दै सर्वोच्च अदालतका उपरजिस्ट्रार एवं सहायक प्रवक्ता गोविन्द घिमिरेले आफ्नो सुरक्षा माग गरेका छन्।



![धान भित्र्याउने चटारोमा किसान [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/dhanpakyo_2-1729137605.jpg)






