अर्थ समितिमा रास्वपा सांसद श्रेष्ठ र अर्थमन्त्रीबीच भनाभन शनिबार, जेठ ६, २०८०

एमालेले सरकारको नीति तथा कार्यक्रम पारित हुन नदिने शनिबार, जेठ ६, २०८० प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारले संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित हुन नदिने भएको छ । एमाले अध्यक्ष एवं पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम संसद्बाट पारित हुन नदिने बताएका हुन् ।

ओलीको प्रश्न : कुन सरकार बनेपछि जनता उत्साहित भए ? शनिबार, जेठ ६, २०८० उनले भने, ‘यो सरकार बनेपछि भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता कायम भएको छ रे, कुन सरकार बनेपछि पुस १० भनेको हो कि अस्तितिरको हो, मन्त्रीको मात्रै हो कि प्रधानमन्त्रीको हेरफेर हो कि ? यो सरकार भन्या कुन सरकार ? भ्रष्टाचारीविरुद्ध उधुम गरे रे ! जनतामा आएको निराशा समाप्त भयो रे ! जनता...

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व प्रभावकारी तुल्याउनुपर्छ : उपसभामुख शनिबार, जेठ ६, २०८० उपसभामुख इन्दिरा रानाले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व प्रभावकारी तुल्याउन तथा त्यस्ता मञ्चमा प्रस्तुत हुने काजगात व्यवस्थित गर्न सुझाव दिएकी छन् ।

हर्क साम्पाङलाई एमाले उपमहासचिव रिमालले भने ‘बौलाह टाइपको मेयर’ शनिबार, जेठ ६, २०८० ‘काठमाडौंको मेयरले लेख्छ, उसले एकताल खासखुस नचाँहिदो कुरा लेख्दा साथै असी नब्बे हजार लाइक गरेको देखिन्छ,’ उनले भने, ‘अनि धरानतिरको एउटा बौलाहा टाइपको मेयर छ, काम त राम्रै गरेको होला धरान बाहिर पपुलर छ, धरानभित्र कति छ थाहा छैन । उसकैमा एक घण्टामा चालिस—पचास हजार लाइक गरेको देख्छु । एउटा...

भुटानी शरणार्थी प्रकरण रहस्यमय छ : अध्यक्ष भट्टराई शनिबार, जेठ ६, २०८० उनले भुटानी शरणार्थी प्रकरण रहस्यमय रहेको भन्दै सही छानबिन गरेर एउटा निष्कर्षमा पुग्नैपर्ने बताएका हुन् ।

पूर्वराष्ट्रपति ओबामासहित पाँच सय अमेरिकीमाथि रुसी प्रतिबन्ध शनिबार, जेठ ६, २०८० अमेरिकाले आफूमाथि लादेको नाकाबन्दीको प्रतिकार गर्दै रुसले पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामासहित पाँच सय जना उच्च पदस्थ अमेरिकी नागरिकमाथि प्रतिबन्ध लगाएको छ ।

रातो मच्छिन्द्रनाथको रथलाई सुरक्षा शनिबार, जेठ ६, २०८० मच्छिन्द्रनाथको ठूलो रथ र मीननाथको सानो रथसँगै रहेका मूर्ति चोरी नहोस् भनेर सुरक्षाका लागि छ जना सुरक्षाकर्मी खटिएको जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रहरी सहायक निरीक्षक रोहन महर्जनले जानकारी दिए ।

व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गर्छु : अर्थमन्त्री महत शनिबार, जेठ ६, २०८० शनिबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिसँग अर्थतन्त्रमा अहिलेको सूचकहरूका बारेमा छलफल गर्दै अर्थमन्त्री डा.महतले भने ‘देश र जनताको कुरा छ, म व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गर्छु ।’

नीति तथा कार्यक्रममा हामीले उठाएका विषय समेटिएका छन् : महासङ्घ शनिबार, जेठ ६, २०८० महासङ्घले अहिलेको आर्थिक अवस्था, अर्थतन्त्रको समग्र मागमा आएको ह्रास, तरलताको सङ्कुचन, उच्च ब्याजदर, मूल्य वृद्धि, न्यून पुँजीगत खर्च, घट्दो राजस्व परिचालन तथा बाह्य क्षेत्र सन्तुलनमा परेको चापलाई सम्बोधन गरिने विषय समावेश गरिएकामा प्रसन्नता व्यक्त गरेको हो ।

गैँडाको आक्रमणबाट एकको मृत्यु शनिबार, जेठ ६, २०८० गैँडाको आक्रमणबाट पश्चिम चितवनमा एकजनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।
![नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले कसैलाई बचाऊ गर्ने अवस्था छैनः सञ्चारमन्त्री शर्मा [भिडिओसहित]](https://newsgriha.com/uploads/posts/rekha-sharma-mantri-1684310505.jpg)
नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले कसैलाई बचाऊ गर्ने अवस्था छैनः सञ्चारमन्त्री शर्मा [भिडिओसहित] शनिबार, जेठ ६, २०८० प्रेस सेन्टर नेपाल, प्रतिष्ठान प्रदेश समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले सरकारले राम्रो कामको सुरुवात गरिरहेको दाबीसमेत गरिन् ।

एमसीसी परियोजना कार्यान्वयनका लागि सरकारसँग सुरक्षा माग शनिबार, जेठ ६, २०८० गृहमन्त्रालयमा भएको भेटवार्तामा एमसीसी परियोजनाअन्तर्गत हालका गतिविधिको बारेमा सामान्य छलफल भएको गृहमन्त्रालयका सचिव दिनेश भट्टराईले जानकारी दिए ।









