News Griha :: न्यूजगृह

काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले कसैलाई पनि बचाऊ गर्न सक्ने अवस्था नरहेको बताएकी छन् ।

प्रेस सेन्टर नेपाल, प्रतिष्ठान प्रदेश समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले सरकारले राम्रो कामको सुरुवात गरिरहेको दाबीसमेत गरिन् ।

‘पछिल्लो समयमा हामीले धेरै गर्दै आउँदाखेरी नक्कली भुटानी शरणार्थीको विषय जसरी उठिराखेको छ । र, अस्ति प्रधानमन्त्री जसरी बोल्नु भयो संसद्मा । त्यो देख्दा हामीलाई के आत्मविश्वास पैदा भएको छ भने हामी पनि बदमास रहेछौं भने पर्छौ भन्ने कुरा ग्यारेन्टी छ । यसमा कसैले कसैलाई रक्षा गर्नेभन्ने कुरा आउँदैन’, उनले भनिन, ‘बदमासीका लागि जनयुद्धका बेला अध्यक्ष प्रचण्डले भन्नु हुन्थ्यो– आफ्नो टाउकामा आफैं आगो लगाउने भन्नु हुन्थ्यो । हामी आफैँले आफैंलाई आगो लगाउन तयार भएनौँ भने अरु विकृति माथि हामी आगो लगाउन सक्दैनौ । त्यसकारण अहिले जेजति स्थिति बनेको छ । अहिले सरकारले राम्रो पहलकदमी लिएको छ । राम्रा कामहरू गरेको छ । तर ती कामहरूको प्रचारप्रसार व्यवस्थित ढंगले हुन सकेको छैन । ’

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  १३:५६
Weather Update