News Griha :: न्यूजगृह
भुटानी शरणार्थी प्रकरण रहस्यमय छ : अध्यक्ष भट्टराई

काठमाडौं— पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले भुटानी शरणार्थी प्रकरण रहस्यमय बनेको टिप्पणी गरेका छन् । 

शनिबार अर्थ–राजनीतिक आन्यौलता र विकल्प विषयक अन्तरक्रिया कार्यक्रममा उनले भुटानी शरणार्थी प्रकरण रहस्यमय रहेको भन्दै सही छानबिन गरेर एउटा निष्कर्षमा पुग्नैपर्ने बताएका हुन् । 

उनले भने, ‘भुटानी शरणार्थी प्रकरण रहस्यमय छ । यसको सही छानबिन गरेर एउटा निष्कर्षमा पुग्नै पर्छ । त्यसको लागि हामी सबैले आवाज उठाउनुपर्छ । साना माछा समातेर उम्कने गर्नु हुँदैन सही छानबिन गर्नुपर्छ । अपराधीलाई कारबाही गरौँ यो नै हाम्रो पार्टीको नीति हो यसमा दृढतापूर्वक लाग्छौँ ।’

उनले नेपालको आर्थिक मन्दीको कारण आन्तरिक समस्या नै रहेको दाबी गरे । 

अहिले देशका धेरै सहकारीहरूमा विकृति आइरहेको पनि उनको भनाइ छ  । 

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  १६:०१
Weather Update