News Griha :: न्यूजगृह
४७ वर्षपछि चन्द्रमामा रुसको अन्तरिक्षयान

काठमाडौं—  रुसले करिब ४७ वर्षपछि चन्द्रमामा अन्तरिक्षयान प्रक्षेपण गरेको छ ।

स्थानीय समय अनुसार शुक्रबार अगस्ट ११ को बिहान ८:१० बजे भोस्तोक्नीकस्मोड्रोमबाट रुसले लुना २५ चन्द्र मिसन प्रक्षेपण गरेको हो । युक्रेन युद्धपछि रुसले कुनैपनि अन्तरिक्षयान प्रक्षेपण गरेको यो पहिलोपटक हो ।

सोयुज २.१ बी फ्रेगाट रकेटमार्फत प्रक्षेपण गरिएको उक्त मिसनलाई लूना ग्लोब मिसन पनि भनिन्छ । सो रकेट करीब४६.३ मिटर लामो, १०.३ मिटर ब्यास हुनुका साथै ३१३ टन वजनको छ । लुना २५ आगामी २१ वा २२ अगस्टका दिन चन्द्रमाको सतहमा अवतरण गर्नेछ । चन्द्रमाको सतहमा यसले एक वर्ष सम्म काम गर्नेछ ।

लुना २५ को वजन भने १.८ टन रहेको छ, जसमा ३१ केजी बराबरका विभिन्न वैज्ञानिक उपकरण छन् । जसले चन्द्रमाको सतहमा उत्खनन गरेर चट्टान तथा माटोको नमूना संकलन गर्नेछ । यसबाट चन्द्र सतहमा जमेको पानी, अक्सिजन आदिको सम्भावनाको खोजी गरिनेछ ।

रुसले यसअघि चन्द्रमामा पठाएको यान लुना २४ हो । जुन सन् १९७६ को अगस्ट १८ मा प्रक्षेपण गरिएको थियो । एजेन्सीको सहयोगमा

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  ०९:१३
Weather Update