News Griha :: न्यूजगृह
घट्यो पाउण्डको विनिमय दर, अरुको कस्तो छ ?

काठमाडौं— नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार आज युरो एकको खरिद दर १४५ रुपैयाँ २५ पैसा र बिक्री दर १४५ रुपैयाँ ९१ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९३ पैसा र बिक्री दर १६८ रुपैयाँ ७३ पैसा निर्धारण भएको छ ।

हिजोको तुलनामा आज पाउण्डको क्रय विक्रय दर घटेको छ । शुक्रबार पाउण्ड १६८ रुपैयाँ ७६ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३३ पैसा विनिमयदर तोकिएको थियो ।

यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २६ पैसा र बिक्री दर १३२ रुपैयाँ ८६ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको छ ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  ०८:०५
Weather Update