शिक्षा विधेयकबारे के भन्छ शिक्षा मन्त्रालय ?

काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले मन्त्रिपरिषदबाट स्वीकृत भएको मस्यौदा मन्त्रालयमा प्राप्त भएपछि सदनमा दर्ता गरिने बताएका छन् ।
उनले हालसम्म मन्त्रालयमा मन्त्रिपरिषद्को निर्णयबारे आधिकारिक जानकारी प्राप्त नभएको बताए ।
उनी भन्छन्,‘मन्त्रिपरिषद्का निर्णय प्रमाणीकरण भई सम्बन्धित मन्त्रालयमा आएपछि कार्यान्वयन हुन्छ ।’
शिक्षा क्षेत्रका सरोकारवालाले विधेयकको मस्यादौलाई विभिन्न स्रोतबाट लिइ त्यसबारे प्रतिक्रिया दिँदै आएका छन् ।
विधेयकमा भएका निजी विद्यालयसम्बन्धी प्रस्तावमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (एन प्याब्सन), उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल, (हिसान) ले असन्तुष्टि जनाएका छन् ।
प्रकाशित मिति: बिहीबार, साउन २५, २०८० १८:१५














