News Griha :: न्यूजगृह
शिक्षा विधेयकविरुद्ध शिक्षक महासंघले दुई चरणमा आन्दोलन गर्ने तयारी

काठमाडौं— सरकारले संसदमा दर्ता गर्न लागेको शिक्षा विधेयकविरुद्ध नेपाल शिक्षक महासंघले आन्दोलन घोषणा गर्ने तयारी गरेको छ ।

सरकारले आधिकारिक रूपमा मुख्य सरोकार पक्ष नेपाल शिक्षक महासंघसँग छलफल नै नगरी शिक्षा ऐन ल्याउन लागेको भन्दै महासंघले आन्दोलन घोषणा गर्ने तयारी गरेको हो ।

महासंघको बिहीबार बसेको बैठकले दुई चणमा आन्दोलन गर्ने निर्णय गरेको छ ।

पहिलो चरणअन्तर्गत यही साउन २८ गते पालिकामा माग र सुझावसहितको ज्ञापनपत्र बुझाउने, ३० गते जिल्लामा र ३२ गते प्रदेश सरकारसमक्ष ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।

त्यसैगरी शिक्षा ऐनसम्बन्धी विधेयक संसदमा पेस भएर सार्वजनिक भएपछि दोस्रो चरणको आन्दोलन गर्ने निर्णय गरेको छ । दोस्रो चरणअन्तर्गतकाे आन्दोलन काठमाडौं केन्द्रित हुने निर्णय गरेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १७:५९
Weather Update