भारतबाट गोलभेँडा आयात नहुँदा नेपालीलाई फाइदा, खेर गएको तरकारीले पायो बजार
काठमाडौं— नेपाली बजारमा पछिल्लो समय गोलभेँडाको मूल्य वृद्धि भएको छ । नेपालमा उत्पादन हुँदै आएको गोलभेँडा भारत निर्यात भएपछि मूल्य वृद्धि हुन पुगेको व्यवसायीहरूले बताएका छन् ।
एक महिनाअगाडि नेपाली किसानले उत्पादन गरेको गोलभेँडाले बजार मूल्य नपाउँदा सडकमा फालेर विरोध गरिएको थियो ।
भारतबाट गोलभेँडा आयात हुन नपाएपछि पहाडी जिल्ला दैलेख, रोल्पा, सल्यान, सुर्खेतलगायत ठाउँमा उत्पादन भएको गोलभेँडाले मूल्य पाएको छ । यी पहाडी जिल्लामा उत्पादन भएको गोलभेँडाले नेपालगञ्जको माग धान्दै आएको छ ।
नेपालगञ्जस्थित रानी तलाउनजिकै रहेको तरकारी बजारमा भारतीय गोलभेँडा आउन छाडेपछि नेपालमै उत्पादन भएको गोलभेँडाले बजार पाउन थालेको छ ।
बिहीबार गोलभेँडाको मूल्य प्रतिकेजी १६० रुपैयाँमा बिक्री भइरहेको छ । यस्तै, लोकल सानो गोलभेँडा प्रतिकेजी ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, साउन २५, २०८० ११:०९