शेयर
लगातार ओरालो लागेको नेप्से परिसूचक आज ४१ अङ्कले बढ्यो
काठमाडौं— यो साता कारोबारको लगातार तीन दिनसम्म ओरालो लागेको नेप्से परिसूचकमा बुधबार चौथो दिन भने उच्च अङ्कको वृद्धि देखिएको छ ।
बुधबार नेप्से परिसूचक ४१ दशमलव ०६ अङ्कले बढेर दुई हजार ६० दशमलव ९१ बिन्दुमा कायम भएको हो । बुधबार दुई सय ६५ कम्पनीको ५० लाख १० हजार सात सय १८ कित्ता शेयर ७७ हजार पाँच सय एक पटक खरिदबिक्री हुँदा एक अर्ब ८८ करोड ८३ लाख २६ हजार चार सय ६९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रकाशित मिति: बुधबार, साउन २४, २०८० १६:०७