काठमाडौं— हरियो तरकारीको मूल्य वृद्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज काउलीसहित हरियो तरकारीको मूल्यमा वृद्धि भएको हो ।
काउलीको मूल्य हिजोको तुलनामा प्रतिकेजी २० रुपैयाँले वृद्धि भएर ९० रुपैयाँ पुगेको छ । लोकल घिउ सिमीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । मंगलबार ३० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकेको तरकारी बजारले आज सिमी प्रतिकेजी ४५ रुपैयाँ कायम गरेको छ ।
लौकाको मूल्य पनि प्रतिकेजी १० रुपैयाँ बढेर आएको छ । नेपाली ठूलो गोलभेँडा हिजोको तुलनामा मूल्य स्थिर छ । आज गोलभेँडाको न्यूनतम म मूल्य प्रतिकेजी १६० रुपैयाँमा बिक्री भइरहेको छ । लोकल सानो गोलभेँडा प्रतिकेजी ५ रुपैयाँले घटेर आज ६५ रुपैयाँ कायम भएको छ । रातो आलुको न्यूनतम मूल्य ४८ रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ न्यूनतम प्रतिकेजी तोकिएको छ । सुकेको प्याज भारतीय ५३ रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरिएको छ ।
गाँजरको मूल्य प्रतिकेजी १०० रुपैयाँमा बिक्री भएको छ भने घिउ सिमी लोकल ४५, मुला रातो ४०, भन्टा लाम्चो ३०, मकै बोडी ६०, भटमासकोशा ८० रुपैयाँ तोकिएको छ ।
तितो करेला ३५, लौका ५०, परवल ३५, घिरौला २५, फर्सी पाकेको ४०, हरियो फर्सी ६०,कन्ने च्याउ १५०, डल्ले च्याउ ३८०, काँक्रो लोकल ५०, रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको छ ।
रायोको साग ८० रुपैयाँ मूल्य निर्धारण गरिएको छ । तोरीको साग प्रतिकेजी ४० हुँदा हरियो प्याजको मूल्य सोमबारको तुलनामा स्थिर ८० रुपैयाँ न्यूनतम मूल्य कायम रहेको छ ।
समितिका अनुसार केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ भने फूजी स्याउको मूल्य स्थिर प्रतिकेजी ३२० छ । कागती १३०, अनार ३००, आँप मालदह १८०, तरबुजा हरियो ७०, मौसम १५०, किवि ७००, मेवा ८० रुपैयाँ र नासपाति लोकल ७० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।