News Griha :: न्यूजगृह
सत्ता र प्रतिपक्षका कारण संसद् हंगामा, गृहमन्त्रीको राजीनामा माग

काठमाडौं— सय किलो सुन तस्करी प्रकरणलाई लिएर नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेको छ ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठको भनाइ चित्तबुझ्दो नभएको भन्दै उसले आफ्नो अडान कायम राखेको छ ।

नेकपा एमालेले संसदमा नाराबाजी गर्दै गृहमन्त्रीको राजीनामा समेत माग गरेको छ ।

सत्ता पक्षका सांसदहरुले एमाले सांसदका भनाइप्रति प्रतिरोध गरेका छन् ।

 

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १८:३५
Weather Update