News Griha :: न्यूजगृह
सत्ता र प्रतिपक्षको अवरोधपछि संसद् बैठक स्थगित, बुधबार बस्ने

काठमाडौं— प्रमुख प्रतिपक्ष नेकपा एमालेले सय किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिनको माग लिएर संसद् अवरोध गरेपछि सभामुख देवराज घिमिरेले संसद् बैठक भोलि बुधबार दिनको १ बजे बस्ने गरी स्थगित गरेका छन् ।

सभामुख घिमिरेले आजको बैठकको कार्यसूची हटाएपछि सत्ता पक्षका सांसदले उठेर विरोध जनाए । त्यसपछि घिमिरेले बैठक स्थगित गरेका हुन् ।

सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठबाट चित्तबुझ्दो जवाफ नआएको एमालेले जनाएको छ ।

एमालेले आफ्ना माग राखे पनि संसदको नियमित कार्यसूची हटाएर जनताको आवाजलाई बोल्न नदिएको भन्दै सत्ता पक्षका सांसदहरूले आपत्ति जनाए । 

 

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १८:४२
Weather Update