News Griha :: न्यूजगृह
नेप्से परिसूचक लगातार तेस्रो दिन पनि घट्यो

काठमाडौं—  यो साता कारोबारको लगातार तेस्रो दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ ।
मङ्गलबारको कारोबारमा नेप्से परिसूचक २८ दशमलव ४० अङ्कले घटेर २८ दशमलव ४० अङ्कमा कायम भएको हो । नेप्से परिसूचक आइतबार ३८ दशमलव ३७ र सोमबार तीन दशमलव २१ अङ्कले घटेको थियो ।

विभिन्न कम्पनीका दुई सय ६५ कम्पनीको ४८ लाख ६० हजार सात सय ४१ कित्ता शेयर ७४ हजार दुई सय ५७ पटक खरिदबिक्री हुँदा एक अर्ब ७३ करोड ७० लाख १४ हजार पाँच सय बराबरको कारोबार भएको छ । 

मङ्गलबारको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक सय ९६ दशमलव ०१ र निर्जीवन बीमा समूहको उपसूचक एक सय १२ दशमलव २५ अङ्कले घटेको छ । बैंकिङ १३ दशमलव २५, विकास बैंक ६६ दशमलव ६८, वित्त ४८ दशमलव ०१, होटल तथा पर्यटन ८४ दशमलव ३६ र जलविद्युत् समूह ३८ दशमलव ५२ अङ्कले घटेको छ ।

त्यस्तै, लगानी समूह शून्य दशमलव ५१, उत्पादन तथा प्रशोधन ७३ दशमलव ६१, लघुवित्त ६० दशमलव ९८, म्युचुअल फन्ड शून्य दशमलव १०, व्यापार ७७ दशमलव ३५ र अन्य समूह २६ दशमलव ७९ अङ्कले घटेको छ । स्वरोजगार लघुवित्त विकास बैंकको शेयर मूल्यमा मङ्गलबार सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने ग्लोबल आइएमई बैंक डिबेन्चर २०८०र८१ को शेयर मूल्य प्रतिकित्ता नौ प्रतिशतका दरले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १७ करोड ८९ लाख ३२ हजार दुई सय दुई बराबरको दुई लाख ९९ हजार पाँच सय ९७ कित्ता शेयर किनबेच भएको छ । 

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १६:३४
Weather Update