News Griha :: न्यूजगृह
जुम्ला मालपोत कार्यालयमा एक करोड ८१ लाख राजस्व संकलन

जुम्ला— जिल्लामा मालपोत कार्यालयले गत आर्थिक वर्ष २०७९–८० एक करोड ८१ लाख ५० हजार रुपैयाँ राजस्व संकलन गरेको छ । 

कार्यालयले रजिस्ट्रेशन दस्तुरतर्फ ९२ लाख ९३ हजार ८५५, जग्गा रोक्कातर्फ १८ लाख ७६ हजार ९८५, पुँजीकर लाभकरतर्फ ६४ लाख छ हजार ५९८ र विविध शीर्षकअन्तर्गत पाँच लाख ७३ हजार ४४० राजस्व संकलन गरेको कार्यालय प्रमुख नरेन्द्रबहादुर रोकायाले जानकारी दिए ।

राजीनामा, अंशबण्डा, बकस पत्र, रोक्कालगायतका शीर्षकबाट यहाँका सात गाउँपालिका र एक नगरपालिकाबाट ९६५ रजिस्ट्रेशन लिखत पारित भएको उनको भनाइ छ । आव २०७८–७९ र २०७९–८० मा लक्षित वर्गका लागि २२ लाख ६१ हजार २८१ राजस्व छुट गरिएको छ । 

नगरपालिकाका लागि २५ प्रतिशत र गाउँपालिकाका लक्षित वर्गलाई ५० प्रतिशत राजस्व छुटको व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १५:४१
Weather Update